बँदेलको आक्रमणबाट सात जना घाइते

 बैशाख ३, २०७६ मंगलबार १६:१६:५७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको चक्रघट्टा गाउँपालिका -७ मा सोमबार बेलुका बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् ।

उखुबारीबाट निस्केको जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका स्थानीय ६० वर्षका भुईला महतो, ४२ वर्षका रामनरेश महतो, १५ वर्षका संजय सहनी ,७ वर्षका मनिष सहनी र रामनरेश राय  घाइते भएका हुन् ।

बँदेलले उनीहरको शरीरको विभिन्न ठाउँमा टोकेको छ । बँदेलको आक्रमणबाट घाइते भएका सबैजनाले जिल्ला अस्पताल मलंगवामा उपचार गरी घर फर्किएका छन् ।

सर्लाहीमा पछिल्लो समय जंगली बँदेलले खेतीपाती नष्ट गरेर किसानलाई हैरान पारेको छ। जंगलबाट आहार खोज्दै  उखु बारीमा पुगेको बँदेल पनः जंगल नफर्किने गरेपछि अहिले खेतबारीमा बसेर अन्नपात नष्ट गर्ने गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया