दिङ्बुचे पुग्यो सगरमाथाको उचाइ नाप्ने टोली

 बैशाख ३, २०७६ मंगलबार २०:९:१ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सगरमाथाको उचाइ मापन गर्ने टोली सोलुखुम्बुको मंगलबार दिङबुचे पुगेको छ ।

चैत्र २७ गते काठमाण्डाैबाट हिँडेको टोली मगंलबार दिङबुचे पुगेको हो । पहिलो पटक नेपाल आफैँले सगरमाथाको उचाइ मापन गर्न थालेको नेपाली टोलीमा ४ जना रहेका छन् । टोली दिङबुचे पुगेको नापी विभागका नापी अधिकृति सुशिल डङ्गोलले जानकारी दिनुभयो ।

उक्त टाेलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने नापी विभागका सुचाना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । टोलिमा रहेका २ जना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुई जना सगरमाथाको चुचुरोसम्म पुग्ने ढकालले बताउनुभयाे ।

टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डाैमा बिदाइ गर्नुभएको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सन् २०१९ मा सम्पन्न गरी आधिकारिक उचाइ सार्वजनिक गरिने नापी विभागले जनाएको छ ।

 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया