कीर्तिपुरमा लडाइँको झल्को दिने मूर्तिकला ! (फोटो फिचर)

 बैशाख ४, २०७६ बुधबार १२:२९:२३ | उज्यालो सहकर्मी

पृथ्वीनारायण शाहले कीर्तिपुर हमला गरेको इतिहासमा पढ्न पाइन्छ । तर त्यही हमला र लडाइँको झल्को मेटाउन मन छ भने एकपटक कीर्तिपुर जानुहोस् । भर्खरै बनाइएका मूर्तिकलाले तपाईंलाई लडाइँको झल्को दिनेछन् ।

कीर्तिपुर गेटबाट दायाँ मोडिनेबित्तिकै सडकको कुनामा वनको पाखा छ । यही पाखामा युद्ध स्मारक पार्क नाम दिएर थरिथरीका मूर्ति बनाइएको हो । १५ दिनसम्म मूर्तिकला कार्यशालामा २८ जना मूर्तिकारहरुले ढुंगामा विभिन्न आकारमा मूर्ति कुदेका छन् । 

मूर्तिमा युद्धका विभिन्न आयाम मात्र नभई कीर्तिपुरको सम्भाव्यता समेत झल्किन्छ । कार्यशालामा सहभागीमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य यमबहादुर थापाले कीर्तिपुरको बस्ती सभ्यता र त्यसभित्र लुकेको युद्धको इतिहास झल्कने मूर्ति बनाएको बताउनुभयो ।

 

कीर्तिपुरको नाम जुरेको योद्धा कीर्तिलक्ष्मीको मूर्तिले त झन् सबैलाई आकर्षित बनाउँछ । उहाँले पुरुषको भेषमा पृथ्वीनारायण शाहको सेनासँग हतियारबद्ध लडाइँ लडेको जानकारहरु बताउँछन् । लडाइँ लड्दालड्दै पुरुषहरु सकिएपछि कीर्तिलक्ष्मीले पुरुषको भेषमा लडाई लड्नुभएको इतिहास छ । इलामका मूर्तिकार राजु पिठाकोटेले उनै योद्धा कीर्तिलक्ष्मीको मूर्तिलाई ढुङ्गामा कुँद्नुभएको छ । 

कलाकार चन्द्रश्याम डंगोलले कीर्तिपुरको बाघ भैरवको मूर्ति बनाउनुभएको छ । उहाँहरुसँगै अरु कलाकारले प्रेम, युद्ध, सभ्यता, इतिहास, समाज, संस्कृति र धर्म झल्काउने विभिन्न आकृतिका मूर्ति बनाएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया