वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

 बैशाख ४, २०७६ बुधबार १३:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कामना न्यूज पब्लिकेशन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । 

६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।  

साढे पाँच महिनाअघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको थियो । 

पत्रकार श्रेष्ठको निधनबाट सिंगो नेपाली पत्रकारिता जगत मर्माहत र स्तब्ध भएको छ । 

पत्रकार श्रेष्ठको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि भूगोल पार्कमा राखिने भएको छ । पारिवारिक श्रोतका अनुसार आजै पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिनेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया