'महेश भट्टले फिल्म स्क्रिनिङमा कंगनामाथि चप्पल फ्याँकेका थिए'

 बैशाख ४, २०७६ बुधबार १४:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -अभिनेत्री कंगना रनावत र उनकी दिदी रंगोली चन्देल आलिया भट्ट र उनकी आमा सोनी राजदानपछि अहिले महेश भट्टको पछि लागेका छन् । यसअघि अभिनेत्री कंगना रनावत आलिया भट्टका विरुद्ध मिडियामा आलोचनासहितका टिकाटिप्पणी गरिरहेकी थिइन ।

अहिले उनकी दिदी रंगोली चन्देल सामाजिक सञ्जालमा आलिया भट्ट, उनकी आमा सोनी राजदान र महेश भट्ट विरुद्ध विभिन्न विवादित बयान दिइरहेकी छिन् । हालै आलिया भट्ट र सोनी राजदानको नागरिकतामा सवाल उठाइरहेकी रंगोली चन्देलले अहिले फेरि आलियाका बुवा महेश भट्टले फिल्म ‘वो लम्हे’ को स्क्रिनिङका क्रममा कंगना रनावतको बेइज्जत गर्दै उनीमाथि चप्पलले हिर्काएको आरोप लगाएकी छिन् । 

कंगनाले आलियाविरुद्ध मिडियामा बयान दिएपछि र उनकी दिदी रंगोलीले आलिया र उनकी आमा सोनी राजदानको नागरिकतामा सवाल उठाएपछि त्यसको प्रतिक्रियास्वरुप आलियाकी आमाले ट्वीट गर्दै भनेकी थिइन्, ‘महेश भट्टले नै कंगनालाई ब्रेक दिएका थिए तर अहिले उनैकी पत्नी र छोरीमाथि हमला गरिरहेकी छिन् । छोरी आलियामाथी त झन् पटक पटक हमला गरिरहेकी छिन् । अब दुव्र्यवहार र घृणाका बारेका बोल्नका लागि के नै बाँकी रह्यो र ?’ 

सोनी राजदानले कंगना र उनकी दिदी रंगोलीले आखिर यस्तो किन गरिरहेकी छिन् भन्दै उनीहरुमाथि नै प्रश्न उठाएकी थिइन् । 

सोनी राजदानको ट्वीटको जवाफमा कंगनाकी दिदी रंगोलीले ट्वीट गर्दै कंगनामाथि महेश भट्टले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले लेखेकी छिन् ‘ प्रिय सोनीजी, कंगनालाई महेश भट्टले होइन, अनुराग बसुले ब्रेक दिएका थिए । महेश भट्ट आफ्ना भाइको प्रोडक्सन हाउसमा क्रियटिभ डाइरेक्टरको रुपमा काम गर्थे । याद राख्नुहोला, महेश भट्ट त्यस प्रोडक्शन हाउसका मालिक थिएनन् ।’ 

रंगोलीले अगाडि लेखिन्, ‘फिल्म ‘वो लम्हे’ पछि जब कंगनाले महेशले लेखेको फिल्म ‘धोखा’ मा  अभिनय गर्न अस्वीकार गरिदिएकी थिइन् । जसमा कंगनाले एक सुसाइड बम्बरको भूमिका निर्वाह गर्नुपर्ने थियो । त्यसपछि महेश भट्ट उनको अफिसमा रिसाउँदै कंगनामाथि चिच्याएका मात्रै थिएनन् पछि कंगना उनको फिल्म ‘वो लम्हे’ को स्क्रिनिङका लागि थिएटर पुग्दा पनि महेश भट्टले कंगनामाथि चप्पल फ्याँकेका थिए । उनले कंगनालाई त्यो फिल्म पनि हेर्न दिएनन् । त्यो घटनापछि कंगना रातभर रोएकी थिइन् । त्यसबेला कंगना केवल १९ वर्षकी थिइन् ।’

 

कंगनाकी दिदी रंगोलीले यसरी आरोप लगाइरहँदा महेश भट्ट र सोनी राजदानले अहिले कुनै प्रतिक्रिया दिएका छन् । तर कंगना र आलियाका फ्यानहरु भने यस विषयमा सामाजिक संजालमा विवाद गरिरहेका छन् । केहीले रंगोलीको आरोपको समर्थन गरिरहेका छन् भने आलियाका फ्यानहरुले कंगनाले चर्चामा आउनका लागि अनेक तरिका अपनाइरहेको आरोप लगाएका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया