कर्णाली प्रिमियर लिग : विजेतालाई पाँच लाख, दर्शकलाई मोटरसाइकल उपहार !

 बैशाख ४, २०७६ बुधबार १७:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करणको विजेताले पाँच लाख पुरस्कार पाउने भएको छ ।

यही वैशाख ११ गतेदेखि २१ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगको विजेताले पाँच लाख पाउने आयोजक कर्णाली क्रिकेट एकेडेमीले जानकारी दिएको हो । 

प्रतियोगितामा दोस्रो हुनेले टिमले दुई लाख पाउने छ । कर्णाली क्रिकेट एकेडेमीका अनुसार म्यान अफ द सिरिजले ५० हजार, उत्कृष्ट बलरले र ब्याट्सम्यानले २० हजार र म्यान अफ् द म्याच हुनेले ३५ सय प्राप्त गर्नेछन् । 

प्रतियोगितामा विभागीय टिमसहित ८ वटा टिमको  सहभागिता रहनेछ । आयोजकले टिमका कप्तानहरुको नाम  पनि सार्वजनिक गरेको छ । 

प्रतियोगिताका संयोजक रेशम शाहीका अनुसार त्रिभुवन आर्मी क्लबको कप्तानमा विनोद भण्डारी, नेपाल पुलिसको कप्तानमा मन्जित श्रेष्ठ, सशस्त्र प्रहरीको एपीएफको कप्तानमा  वसन्त रेग्मी रहेका छन् ।  

यस्तै हिमालयन क्रिकेट एकेडमी काठमाण्डौको कप्तानमा सुरेन्द्र चन्द, मध्यपश्चिम क्रिकेट बाँकेको कप्तान अजय सहनी, कर्णाली–११ को कप्तानमा रवीन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुरको कप्तानमा सुशील खड्का, लालिगुराँस क्रिकेट एकेडमी झापाको कप्तानमा मेहबुब आलम छन् । 

कर्णाली–११ ले दुई जना विदेशी खेलाडी ल्याउने तयारी गरेको संयोजक शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ । 

यस्तै प्रतियोगिताको अवलोकन गर्न आउने दर्शकहरुका लागि ३० रुपैयाँ, एक सय रुपैयाँ र देखि पाँच सय रुपैयाँसम्म टिकटको व्यवस्था गरिएको छ । साथै आयोजकले प्रतियोगितामा प्रत्येक दिन एक जना दर्शकलाई टीभीलगायतका विभिन्न उपहार दिने पनि भएको छ ।

फाइनल खेलमा एक जना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया