कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
कपिलवस्तु – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कपिलवस्तुमा बुधबारबाट सुरु भएको महिला फुटबल प्रतियोगितामा गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपीएफले विजयी सुरुवात गरेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ४–० ले हराउँदै गण्डकी प्रदेश विजयी भएको हो ।
खेल सुरु भएको १७ औँ मिनेटमै जर्सी मनिषा पंगेनीको गोलबाट खाता खोलेको गण्डकी प्रदेशका लागि २९ औँ मिनेटमा उद्या थापाले अर्को गोल गरिन् । त्यस्तै दोश्रो हाफमा गण्डकीका लागि ननिता गुरुङले र उद्या थापाले एक–एक गोल थपे ।
ननिता गुरुङ म्यान अफ् द म्याच बनिन् ।
आजै भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बल एपीएफले प्रदेश नम्बर १ लाई ६–० ले हराउँदै विजयी भएको छ । एपीएफकी सावित्रा भण्डारी एक्लैले ४ गोल गर्दै एपीएफलाई जित दिलाइन् ।
एपीएफका लागि सावित्रा भण्डारीले खेलको खेलको ५औँ , ३७औँ, ४०आँ र ४८औँ मिनेटमा गोल गर्न सफल भइन् भने अनिता केसीले खेलको २९ र ५२ मिनेटमा गोल गरिन् ।