निगमको जहाजमा चरा ठोक्कियो

 बैशाख ५, २०७६ बिहिबार ११:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार बिहान ९ : ३० बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा चरा ठोक्किएको हो । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेका पनि विमानस्थलले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया