आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालकाे सपना अधुराे

 बैशाख ५, २०७६ बिहिबार १२:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी यू–१९ विश्वकप खेल्ने सपना अधुरो रहेको छ । मलेसियामा भएको छनोट प्रतियोगिताको अन्तिम खेलमा यूएईले ओमानलाई १० विकेटले हराएसँगै नेपालको झिनो आशा पनि समाप्त भएको हो ।

प्रतियोगितामा सिंगापुरविरुद्धको खेलमाबाट नै बलियो सुरुवात गरेको नेपालले प्रतियोगिताको मुख्य खेलका रुपमा रहेको यूएईविरुद्ध एक रनका झिनो हार ब्यहोर्न पुग्यो । वर्षाका कारण खेल सम्भव नभएपछि डकवर्थको नियमका आधारमा नेपाल एक रनले पछि पर्नु नै नेपालका लागि विश्वकपको ढोका खोल्ने यात्रामा तगोरो लाग्यो ।

त्यसपछि पनि नेपालले आफूलाई बलियो सावित गर्दै एकपछि अर्को जित निकाले पनि अर्कोपट्टि यूएईले पनि आफ्नो जितको यात्रालाई कायम राख्न सफल भयो ।

नेपालको अन्तिम आशाका रुपमा ओमानले यूएईलाई हराउन सक्छ की भन्ने थियो तर त्यस खेलमा यूएईले १० विकेटको जित निकालेपछि नेपालको सम्भावना समाप्त भएको हो ।

यू–१९ क्रिकेटमा आठौं पटक विश्वकप खेल्ने लक्ष्य अधुरो बन्दा नेपाली क्रिकेट समर्थक जति निराश बने त्यो भन्दा धेरै खेलाडी र प्रशिक्षक बने । पहिलो पटक टिमको कप्तानी गरेका रोहित पौडेलेले भने आफ्नो हातमा नभएको परिस्थितीले नेपालको लक्ष्यलाई तुहाएको बताएका थिए ।

नेपालले अघिल्लो पटक पनि विश्वकपमा छनोट भएपछि खेल्न पाएको थिएन ।

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया