सल्यानमा एक युवक मृत भेटिए, हत्याको आशंका

 बैशाख ५, २०७६ बिहिबार १६:१७:५९ | उज्यालो सहकर्मी

सल्यान - कपुरकोट गाउँपालिका ६ खोलिगाउँमा एक युवक मृत फेला परेका छन् ।

मृत अवस्थामा फेला परेका व्यक्ति खोलिगाउँका ४३ वर्षीय फौद बहादुर भण्डारी रहेकाे र उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । 

उनको शव कपुरकोट ५ रिमको तिनडाँडा भन्ने स्थानमा फेला परेको थियो । टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई सुरेन्द्र बुढाथोकीले बताउनुभयो । उनको बुधबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

मृतकको परिवारको कोही पनि सम्पर्कमा नआएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया