भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी

 बैशाख ७, २०७६ शनिबार ६:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ - जंगलबाट ल्याएकाे  भ्याकुर खाने क्रममा शुक्रबार बेलुका तनहुँमा १० जना बिरामी परेका छन् ।

व्यास नगरपालिका वडा नं. ६ कलेस्तीस्थित जंगलबाट ल्याएकाे वन भ्याकुर खाँदा बिरामी परेका व्यास १ गल्फुबेशीका १० जनाकाे दमाैली अस्पतालमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक कृष्ण बानियाले जानकारी दिनुभयाे । 

बिरामी हुनेहरूमा ३५ वर्षीया  सिता पहाडी, ३३ वर्षीया खुसी गुरुङ, १२ वर्षीया गिता गोदार, ४० वर्षीय मायाँ राना, ३१ वर्षीया गुनुमाया गुरुङ, ४० वर्षीया चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ९ वर्षीया सम्पन्न गुरुङ, ५२ वर्षीय श्रीबहादुर गुरुङ र ३६ वर्षीया माया गुरुङ रहेकाे तनहुँ प्रहरीले जनाएकाे छ । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे दमाैली अस्पतालले जनाएकाे छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया