अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं, जेठ ३ – एमाले र माओवादीबीच पार्टी एकतापछि ९ सदस्यीय सचिवालय बनाउने सहमति भएको छ । पार्टी सञ्चालनमा महत्वपूर्ण भूमिका रहने सचिवालयमा शीर्ष नेताहरुको वरीयता टुंगो लागेको छ ।
वरियताक्रम अनुसार क्रमशः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।
पौडेललाई महासचिव तथा श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने तयारी छ । पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकता गर्ने दुई दलका शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गरेको छ । आजै घोषणा हुने एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ ।
पार्टीको केन्द्रीय कार्य समिति ४ सय ४१ सदस्यीय हुनेछ । त्यसैगरी त्यसको स्थायी समिति ४३ सदस्यीय रहने बताइएको भए पनि २ सदस्य थप गरी ४५ पुर्याइने भएको छ । थपिएकामध्ये १ माओवादी तथा १ एमाले तर्फका हुनेछन् ।
२ सदस्य थप गरिएपछि अब माओवादी १९ र एमाले २६ गरी जम्मा ४५ जना केन्द्रीय समिति सदस्य रहनेछन् । पार्टी एकता संयोजन समितिका सदस्य समेत रहनु भएका एमाले महासचिव इश्वर पोखरेलले ९ सदस्यीय सचिवालय बनाउने सहमति पनि गरिएको जानकारी दिनुभयो ।