कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
इन्डियन प्रिमियर लिगमा किंग्स इलेभन पञ्जाबविरुद्ध दिल्ली डेयरडेभिल्सले टस जितेर पहिले बलिङ गरेको छ ।
आजको खेलमा पनि नेपाली युवा बलर सन्दीप लामिछाने टिममा परेका छन्। उनी पछिल्ला लगातार ५ खेलमा प्लेइङ सेटमा पर्न सकेका थिएनन् । सुरुवाती चार खेलमा ५ विकेट लिएका सन्दीप त्यसपछि बेन्चमा बस्दै आएका छन् ।
दिल्लीले आजको खेलमा तीन जना खेलाडी परिवर्तन गरेको छ । पछिल्लाे खेलमा नरहेका काेलिन इंग्राम, सन्दीप लामिछाने र शर्फेन रदरफाेर्ड आजकाे प्लेइङ सेटमा परेका छन् ।