दिल्लीलाई पञ्जाबले दियो १६४ रनको विजयी लक्ष्य

 बैशाख ७, २०७६ शनिबार २२:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई १६४ रनको विजयी लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलाभेन पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको हो । 

पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । उनले ३७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाएका हुन् । 

त्यस्तै  मन्दीप सिंहले ३० रन बनाउँदा रविचन्द्रन आश्विनले १६ तथा हरप्रीत ब्रारले २० रन बनाए । 

दिल्ली क्यापिटल्सका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । चार ओभरमा ४० रन खर्चिए पनि उनले क्रिस गेलसहित पञ्जाबका महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै दिल्लीका लागि कागिसो रबाडा र अक्षर पटेलले समान २-२ विकेट लिए । 

दिल्लीले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०७६

तपाईको प्रतिक्रिया