आईपीएल : दिल्लीले पञ्जाबलाई ५ विकेटले हरायो

 बैशाख ७, २०७६ आइतबार ०:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबलाई ५ विकेटले हराएको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको दिल्लीले पञ्जाबबाट १६४ रनको विजयी लक्ष्य पाएको थियो । दिल्लीका लागि शिखर धवनले ५६ रन बनाए । ४१ बल सामना गरेका उनले ७ चौका र एक छक्का प्रहार गरे । दिल्लीका कप्तान श्रेयस अय्यरले ५८ रन बनाए । उनले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।  पृथ्वी शले १३ रन बनाउँदा कोलिन इन्ग्रामले १९ रन बनाए । 

पञ्जाबका लागि मोहम्मद शामीले एक तथा जीसी भिल्योनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलाभेन पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । उनले ३७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाएका हुन् । 

त्यस्तै  मन्दीप सिंहले ३० रन बनाउँदा रविचन्द्रन आश्विनले १६ तथा हरप्रीत ब्रारले २० रन बनाए । 

दिल्ली क्यापिटल्सका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । चार ओभरमा ४० रन खर्चिए पनि उनले क्रिस गेलसहित पञ्जाबका महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै दिल्लीका लागि कागिसो रबाडा र अक्षर पटेलले समान २–२ विकेट लिए । 

१० खेलमध्ये ६ खेलमा जित हात पारेको दिल्ली क्यापिटल्स १२ अंकसहित अंकतालिकाको तेस्रो स्थानमै रहेको छ । १२ अंक रहेको मुम्बई इन्डियन्स रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको चेन्नई सुपर किंग्स १४ अंकसहित पहिलो स्थानमा रहेको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया