रक्सी बेच्न छाेडे नगरपालिकाले १ लाख रुपैयाँ सहयाेग गर्ने

 बैशाख ८, २०७६ आइतबार १३:२२:४४ | राजु लामिछाने

रुकुमपश्चिम - जाँडरक्सीमुक्त नगरपालिकाको अभियान चलाइरहेको रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले जाँडरक्सी व्यवसाय छोडेर अन्य व्यवसाय गर्ने व्यवसायीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

इजाजतपत्र लिएर जाँडरक्सी व्यवसाय गरिरहेका व्यवसायीले यो व्यवसाय छाडेर अन्य व्यवसाय गर्न खोजे १ लाख रुपैयाँसम्म सहयोग गर्ने नगरप्रमुखगोर्खबहादुर केसीले बताउनुभयो । नगरप्रमुख केसीले जाँडरक्सी व्यवसायलाई परिवर्तन गर्न आग्रहगर्दै भन्नुभयो, ‘नयाँव्यबसायकालागिनगरपालिका १ लाख सम्मको सहयोग गर्न तयार छ ।’

समृद्ध नगर निर्माणकालागिजाँडरक्सीले पनिबाधागरिरहेको नगरको ठम्याई पछिनयाँव्यबसायमाआकर्षणगर्न यस्तो सहयोग गर्न खोजेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यस्तो निर्णयपछि केहि व्यवसायीहरु व्यवसाय परिवर्तन गर्न इच्छुक रहेको नगरप्रमुख केसीले जनाउनुभयो । 

नगरलाई नै जाँडरक्सीमुक्त घोषणा गर्ने लक्ष्यका साथ अहिलेसम्म नगरका ३ वडालाई जाँडरक्सीमुक्त घोषणा गरिसकिएको छ । नगरपालिकाका वडा नं. १, २ र ३ लाई गएकाे फागुन महिनामै जाँडरक्सी मुक्त घोषणा गरिएको छ । जाँडरक्सी नियन्त्रणलाई प्रमुखताका साथ अगाडि बढाइरहेको नगरपालिकाको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया