‘नेपाल–चीन शैक्षिक मेला’ सुरु

 बैशाख ८, २०७६ आइतबार १५:२८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइतबारदेखि काठमाण्डाैमा ‘नेपाल–चीन शैक्षिक मेला’ सुरु भएको छ ।

दुई देशबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ आइतबारबाट काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टरमा मेला सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले दुई देशबीचको जनस्तरमा देखिएको भाषिक समस्या समाधान गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले मेलाले नेपाल–चीनबीचको सम्बन्धलाई झनै प्रगाढ बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ भाषा शिक्षक संघ, नेपालको संयोजनमा आयोजना गरिएको ३ दिनसम्म चल्ने मेलामा नेपाल र चीन दुवै देशका भाषाका विज्ञहरुको उल्लेख्य सहभागिता रहेको छ । मेलामा चिनियाँ भाषाको ज्ञान दिने शैक्षिक सामग्रीहरु राखिएको ८ वटा स्टल पनि राखिएको चिनियाँ भाषाकी शिक्षक तारा खड्काले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया