नेपालमा ३१ परियोजनामा लगानी गर्न ४८ विदेशी कम्पनी इच्छुक, लगानी २५ खर्ब

 बैशाख ८, २०७६ आइतबार १५:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् ।

गएको चैतमा काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत भएका ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ ।

कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जाका ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र सहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन् । 

लगानी बोर्डले पहिलो चरणमा २७ परियोजनाको लागि ३ महिनाभित्र विकासकर्ता छनौट गर्ने जनाएको छ । त्यस्तै १७ वटा परियोजनाको लागि ९ महिनाभित्र र बाँकी ६ परियोजनाको लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्ने बोर्डले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया