यूएईमा गएको वर्ष १ सय ३ नेपालीको मृत्यु, ३१ जनाले गरे आत्महत्या

 बैशाख ८, २०७६ आइतबार १८:९:३६ | उज्यालो सहकर्मी

यूएई – यूएईमा गएको वर्ष २०७५ मा १ सय ३ जना नेपालीको ज्यान गएको छ । ज्यान जानेमा ८ जना महिला र ९५ जना पुरुष छन् । नेपाली दूतावास यूएईका अनुसार ५२ जनाको प्राकृतिक मृत्यु भएको छ भने ३१ जनाले आत्महत्या गरेका छन् । 

५० जना पुरुष र २ जना महिलाको प्राकृतीक कारणले मृत्यु भएको छ भने २९ जना पुरुष र २ जना महिलाले आत्महत्या गरेको दूतावासले जनाएको छ । तथ्याङ अनुसार प्राकृतिक कारण पछि आत्महत्या गर्नेको संख्या धेरै छ । 

त्यस्तै दुर्घटनामा परी १८ जना नेपालीको मृत्यु भएको छ । ३ जना महिला र १५ जना पुरुषको दुर्घटनामा परी ज्यान गएको हो ।  गएको वर्ष युएईमा दुई जना नेपाली कामदारको हत्या भएको छ । हत्या हुनेमा एक/एक जना महिला पुरुष छन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया