जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयाे: ७ जना घाइते

 बैशाख ८, २०७६ आइतबार १८:२७:३३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - खप्तड छान्ना गाँउपालिका वडा नम्बर ४ बाट जयपृथ्वी नगरपालिका सुबेडातर्फ जन्ती लिएर आउँदै गरेको से १ ज ७१८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

खप्तड छान्ना गाँउपालिका वडा नम्बर २ को बाँसपाटामा भएकाे दुर्घटनामा त्यसै गाउँपलिका वडा नम्बर-४ का ६० वर्षीय बासुदेब जोशीको घटनास्थलमा नै ज्यान गएको भएको स्थानीय बासिन्दा केशबराज जोशीले बताउनुभयाे । मृतक जाेशी दुलाहाका दाइ नाता पर्ने भएकाेले विवाहसमेत स्थगित भएको छ । 

दुर्घटनामा चालकसहित ७ जना घाईते भएका छन् । पानि परेका कारण बाटो चिप्लो भएर गाडीले सिलीप खाँदा जीप दुर्घटना भएको हुन सक्ने स्थानीयले बताएका छन् । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल स्थानीयले उद्धार गरेर पठाएको जोशिले बताउनु भयो । 

जन्ती बोकेकाे जीप दुर्घटना भएपछि गाँउ नै शाेकमा डुबेको छ । दुर्घटनामा दुलाहा बलराम जोशीको खुट्टामा सामान्य चोट लागेको बताइएको छ । जीप सडकबाट झण्डै १५ मिटर तल खसेको र जन्तीमा आएका खप्तड छान्ना गाँउपालिकाका चेतराज जोशी, गोकर्ण जोशी, नरेशप्रसाद जोशी, देबराज जोशी, सुकदेब जोशी, डम्बर प्रसाद जोशीका साथै चालक जयराज जोशी घाइते भएका छन् ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया