विरगञ्जमा महिन्द्राले खाेल्याे ट्र्याक्टरहरुको आधिकारिक शोरुम र सर्भिस सेन्टर

 बैशाख ८, २०७६ आइतबार २०:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अग्नि ग्रुपले विरगञ्जमा महिन्द्रा ट्र्याक्टरहरुको आधिकारिक शोरुम र सर्भिस सेन्टर सुरु गरेको छ ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगञ्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले आइतबार सामुहिक रुपमा शोरुमको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सरकारी तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहमा कम्पनीका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले आगामी कार्यक्रम “महिन्द्रा समृद्धि”को घोषणा गर्नुभयो । यो कार्यक्रम महिन्द्राले चाँडै नै ल्याउन लागेको नयाँ कृषि कार्यक्रम हो । यसले किसानको उत्पादनमा वृद्धि तथा जीवनमा समृद्धि ल्याउने कम्पनीकाे दावी छ ।

कार्यक्रममा महिन्द्रा समृद्धिको ब्यानर पनि सार्वजनिक गरिएको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया