इन्डियन प्रिमियर लिगमा बेंग्लाेरसँग चेन्नइ एक रनले पराजित

 बैशाख ९, २०७६ सोमबार ७:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरले शीर्ष स्थानको चेन्नेइमाथि एक रनको रोमाञ्चक जित हात निकालेको छ ।

आइतबार राति बेंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६१ रन बनायो । उसका लागि ओपनर पार्थिव पटेलले ५९ रन बनाए भने एवी डिभिलिर्सले २५ तथा मोयन अलीले २६ रनको योगदान गरे ।

जवाफमा चेन्नेइ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ६० रनमा रोकियो । उसका लागि अम्बाती राइडुले २९ तथा कप्तान महेन्द्रसिंह धोनीले ८४ रन बनाए । यस्तै रविन्द्र जडेजाले ११ रनको योगदान गरे ।

चेन्नेइको जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । जसमा धोनीले एक चौका र तीन छक्का प्रहार गर्दै टिम जितको नजिक पुर्‍याएपछि अन्तिममा एक रनले हार्न पुग्यो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया