युक्रेनमा हास्यकलाकारले चुनाव जित्ने स‌ंकेत

 बैशाख ९, २०७६ सोमबार ९:३३:० | एजेन्सी
unn.prixa.net

युक्रेनमा हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपतीय चुनाव जित्ने देखिएको छ । एक्जिट पोलका अनुसार जेलेन्सकीले ७० प्रतिशतभन्दा बढी मत पाएका छन् ।

तीन हप्ताअघि मतदानको पहिलो चरणमा उनी सबैभन्दा अगाडि थिए । त्यतिबेला ३९ उम्मेद्वार मैदानमा थिए । जेलेन्सकीले सत्तासीन राष्ट्रपति पेट्रो पारोशोन्कोलाई चुनौती दिएका थिए ।

पारोशोन्कोले हार स्वीकार गरेका छन् । राजधानी कीवमा आफ्नो समर्थकलाई सम्बोधन गर्दै उनले राजनीति नछोड्ने बताएका छन् । यस्तै, आफ्नो समर्थकलाई सम्बोधन गर्दै जेलेन्सकीले समर्थकहरुको विश्वास नतोड्ने बताएका छन् ।

एक्जिट पोलकै अनुसार नतिजा आए जेलेन्सकी पाँच वर्षको कार्यकालका लागि राष्ट्रपति पदमा चुनिने अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन् । यदि एक्जिट पोल नतिजामा परिवर्तन भयो भने जेलेन्सकी पाँच वर्षको कार्यकालका लागि राष्ट्रपति पदका लागि छानिनेछन् ।

युक्रेनका राष्ट्रपतिको देशको सुरक्षा, रक्षा विभाग र विदेश नीतिमा विशेष प्रभाव हुन्छ । एक्जिट पोलका अनुसार निवर्तमान राष्ट्रपति पारोशोन्कोले २५ प्रतिशत मत प्राप्त गर्न सक्छन् । पारोशोन्को सन् २०१४ देखि युक्रेनका राष्ट्रपति हुन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया