सामूहिक रुपमा सपथ ग्रहण गर्दै गठन भयो नेकपा

 जेठ ३, २०७५ बिहिबार १७:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ३ – सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको विघटनपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा दुवै पार्टी भंग भएको बताउँदै नयाँ पार्टी गठन भएको घोषणा गर्नुभएको हो ।बालुवाटारमा भएको संयुक्त बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।

अब केही बेरमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको छ । दल दर्ताका सबै प्रक्रियाको जिम्मा देव गुरुङ र सुवासचन्द्र नेम्वाङलाई दिइएको छ । 

अन्तिम अपडेट: असोज १९, २०७५

तपाईको प्रतिक्रिया