रामेछापमा धावनमार्गबाट चिप्लियो तारा एयरको विमान

 बैशाख ९, २०७६ सोमबार १०:५४:३० | दीपक भट्ट
unn.prixa.net

धावनमार्गबाट चिप्लिएको जहाज।

रामेछाप – सोलुखुम्बुको फाप्लुबाट रामेछाप आएको  जहाज ल्यान्ड गर्ने क्रममा तारा यएरलाइन्सको जहाज सोमबार विहान दुर्घटना भएको छ ।

काठमाण्डौबाट १४ जना विदेशी पर्यटक यात्रु बोकेर सोलुखुम्बुको फाप्लुतर्फ जाँदै गरेको तारा एयरलाइन्सको नाइन एन एकेके डोर्निएर जहाज मौसम खराबको कारण फाप्लुमा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थलमा अवतरणको लागि फर्किएको थियो । 

जहाज ल्याण्ड गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर रन वेको पश्चिमतर्फको घाँसे मैदानतर्फ गएर रोकिएको छ । जहाजमा सवार सबै यात्रुहरु र चालक दलका सदस्यहरु सकुसल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘जहाज ल्याण्ड गर्ने क्रममा जहाजको एउटा हाइड्रोलिक फेल हुँदा जहाजमा ब्रेक नलागेर उक्त दुर्घटना भएको  हो ।’ दुर्घटनाबाट जहाजको अगाडिको भागमा क्षति पुगेको उहाँले बताउनुभयो ।  

जहाज दुर्घटनापछि रामेछापबाट सोलुखुम्बुको फाप्लु तर्फका सबै उडानहरु अहिले पूर्णरुपमा बन्द गरिएको छ । जहाज रनवेबाट नहटाएसम्म आजका उडानहरु बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ । 
    
 

अन्तिम अपडेट: चैत १६, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया