विप्लव नेतृत्वको नेकपाका जिल्ला जनपरिषद प्रमुख पक्राउ

 बैशाख ९, २०७६ सोमबार १७:२४:४३ | उज्यालो सहकर्मी

गोरखा – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी गाउँपालिका–८, घ्याल्चोक घर भएका रिजाललाई सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले बताउनुभयो । ६५ वर्षीय रिजाल जिल्लामा केही समय अघि एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न भएको आशंका गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको रावलले जानकारी दिनुभयो ।

यस्तै विप्लव नेतृत्वको नेकपा सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे अटललाई पनि प्रहरीले पक्राउ गरेको छ । घादिङ कार्यक्षेत्र बताउने उनलाई गोरखाको भिमसेन थापा गाउँपालिका अश्राङस्थित घरबाट पक्राउ गरिएको एसपी रावलले बताउनुभयो ।  

पाण्डेविरुद्ध धादिङमा मुद्धा दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया