नेकपा लमजुङको अध्यक्ष र सचिव एउटै वडाका

 बैशाख ९, २०७६ सोमबार १७:५६:१९ | श्यामशितल परियार
unn.prixa.net

नेकपा लमजुङका सचिव धनञ्जय दवाडी र मधु अधिकारी

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लमजुङ जिल्लाको अध्यक्षमा मधु अधिकारी र सचिवमा धनञ्जय दवाडी रहनुभएको छ ।अधिकारी र दवाडी एउटै वडाको (दूधपोखरी गाउँपालिका वडा नम्बर २ विचौर)का हुनुहुन्छ ।

अध्यक्ष अधिकारी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला संयोजक हुनुहुन्थ्यो । हाल उहाँ गण्डकी प्रदेशको प्रदेश सांसदसमेत हुनुहुन्छ । 

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लमजुङ जिल्लाका सचिव धनञ्जय दवाडी तत्कालीन एमालेको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । हाल उहाँ पनि गण्डकी प्रदेशको प्रदेश सांसद हुनुहुन्छ ।    

दुर्गम दूधपोखरीसँगै जिल्लाको विकासमा काम गर्नेछौँ : अधिकारी  

पूर्वी लमजुङमा पर्ने दूधपोखरी गाउँपालिका भौगोलिक हिसाबले दुर्गम मानिन्छ । तुलनात्मक रुपमा विकासका दृष्टिकोणले पनि पछि परेको छ ।

गण्डकी प्रदेश सांसदका साथै पार्टीको जिल्ला नेतृत्वमा समेत अधिकारी र दवाडीलाई पाएसँगै गाउँपालिकामा विकासले फड्को मार्ने स्थानीयको आशा छ । 

गाउँपालिकाको विकासका लागि आफूहरु जुटिरहने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लमजुङ जिल्लाका अध्यक्ष एवम् गण्डकी प्रदेश सांसद अधिकारीले बताउनुभयो ।
‘पहिलेदेखि नै जिल्ला र जिल्लावासीको हितमा काम गर्दै आएकोहो’, अधिकारीले भन्नुभयो, ‘विकासका दृष्टिले पछि परेको र भौगोलक रुपमा दुर्गम दूधपोखरी गाउँपालिकाको समग्र विकाससँगै स्थानीयको जीवनस्तर मागि उकासिने गरी काम गर्नेछु ।’

दूधपोखरी गाउँपालिका मात्र नभई सिंगो जिल्लाको विकासमा सदैव लागि परिरहने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  दूधपोखरी गाउँपालिकाले कृषि, पशुपालन र ग्रामीण पर्यटन विकासको उच्च सम्भावना बोकेको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया