राष्ट्रिय खेलकुद प्रतियाेगिता : एपीएफका राजु राईले जिम्न्याष्टिकमा एकै दिन ५ स्वर्ण जिते

 बैशाख ९, २०७६ सोमबार १९:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके  - एपीएफका राजु राईले आठौं राष्ट्रिय खेलकुदको १३ औं दिन जिम्न्याष्टिकतर्फ एकै दिन ५ वटा स्वर्ण जितेका छन ।

नेपालगञ्जमा भएको जिम्न्याष्टिकतर्फ एपिएफका राजु राईले ५ वटा स्वर्ण र एक रजत जिते । पुरुष फ्लोर, प्यारालल बार, अलराउन्ड, टिम इभेन्ट, पोमल हर्समा स्वर्ण जितेका राजुले बोल्टिङ टेबलमा रजत हात पारे । सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए ।

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिकमा अलराउण्डको महिलातर्फ प्रदेश ३ की तारा सिवाकोटीले स्वर्ण हात जितेकी छन । याे स्पर्धामा एपिएफकी लुमिला मानन्धरले रजत र प्रदेश ३ कै प्रकृति थापामगरले कास्य जितिन् । त्यस्तै, फ्लोर स्पर्धाको महिलातर्फ एपिएफकी पिंकी झाङले स्वर्ण जिते ।

वोल्टिङ टेबलको महिलातर्फ एपिएफकी पिंकी झाङले स्वर्ण हासिल गरे । त्यस्तै, पुरुष टिम स्पर्धातर्फ एपिएफले ११० दशमलव ६० अंक जोड्दै स्वर्ण हात पार्दा महिला टिम इभेन्टतर्फ प्रदेश ३ ले स्वर्ण जितेका छन् ।आज तेह्रो दिन आईपुग्दा जिम्न्याष्टिकसहित एथ्लेटिक्स, भारोत्तोलन, आर्चरी, सोपाकताक्रो र प्याराग्लाइडिङका सबै खेल सकिएका छन । कुल २२ खेलहरु सकिँदासम्म नेपाल आर्मी क्लब सबैभन्दा अघि छ  ।

दाङको बेलझुण्डीमा भएको एथ्लेटिक्स्मा कुल २१ स्वर्ण जित्दै नेपाल आर्मी क्लब टिम च्याम्पियन बन्यो । आर्मीले १२ रजत र ८ कास्य पदक जित्यो । एथ्लेटिक्समा महिला र पुरुषका समान १८–१८ गरी कुल ३६ इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै, पहिलो पटक प्रतियोगितामा समावेश गरिएको प्याराग्लाइडिङतर्फ आर्मीले ४ स्वर्ण जित्दा गण्डकी प्रदेशले २ स्वर्ण जित्यो । यता सेपाकताक्रोतर्फ भएका चारवटै विधामा स्वर्ण जित्दै आर्मीले क्लिन स्विप गरेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया