इंग्लिस प्रिमियर लिग : बराबरीमा रोकियो चेल्सी

 बैशाख १०, २०७६ मंगलबार ६:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सीले बुर्न्लीसँग दुई–दुई गोलको बराबरी खेलेको छ । यो बराबरीले चेल्सीले तेस्रो स्थानमा उक्लने मौका मात्र गुमाएको छैन, टोटह्याम, आर्सनल र म्यानचेस्टर युनाइटेड विरुद्ध अंक तालिकामा पकड बनाउने मौका पनि खेर फालेको छ । 

घरेलु मैदान स्टाफोर्ड ब्रिजमा भएको रोमाञ्चक खेलको आठौं मिनेटमा हेन्ड्रिकको गोल मार्फत बुर्न्लीले अग्रता बनायो । तर १२ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई बराबरीमा पुर्‍याए । त्यसको दुई मिनेटपछि गोञ्जालो हिगुइनले चेल्सीलाई दुई एकले अगाडि राखे । 

खेलको २४ औं मिनेटमा बुर्न्लीले खेल बराबरीमा उसका लागि बारनेसले गोल गरे । खेलको २५ मिनेटमा नै चार गोल भएको खेलमा त्यसपछि दुबै टिमबाट गोल हुन सकेन ।

यो बराबरीले चेल्सी अहिलेका लागि लिगको चौथो स्थानमा उक्लिए पनि अब लिगमा तीन खेल खेल्न बाँकि हुँदा उसलाई शीर्ष चारमा अट्न आर्सनल, टोटह्याम र म्यानचेस्टर युनाइटेडले दुई खेल हार्नुपर्ने हुन सक्छ ।

चेल्सीको ३५ खेलबाट ६७ अंक भएको छ भने उ भन्दा एक खेल कम खेलेको टोटनह्यामको समान ६७, आर्सनलको ६६ र म्यानचेस्टर युनाइटेडको ६४ अंक छ ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया