पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत: प्रम ओली

 बैशाख १०, २०७६ मंगलबार १४:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताउनुभएको छ ।

पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको २६ वर्ष पुगेको अवसरमा म‌ंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताउनुभयो । ‘पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन् ’,उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालिन बनाउन सरकार सकारात्मक रहेको बताउँदै सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको पनि जानकारी दिनुभयाे ।

‘सगरमाथाको बारेमा भएका भ्रमहरु अन्त्य गर्न यसपाली सरकारको तर्फबाट उचाइ नाप्ने काम हुँदैछ । यो काम विवाद रहित ढंगले टुंगिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया