धर्ना बसेका डाक्टर केसीलाई प्रहरीले हटायो

 असार १६, २०७५ शनिबार १३:५६:४० | नेत्र शाही
unn.prixa.net

जुम्ला – आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका डाक्टर केसीलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ ।

१५ औँ अनसनस्थलका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बस्न पुगेका डाक्टर गोविन्द केसी र उहाँका समर्थकलाई प्रहरीले २ सय मिटर वर नै रोक्न खोजेपछि केसीसहित उहाँको टोली प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेको थियाे ।

 

डाक्टर केसी प्रशासनले  तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा बस्नुभएको थियो । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै आफूलाई प्रतिष्ठानमा अनसन बस्न नदिएसम्म धर्नामा बस्ने डाक्टर केसीले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय परिसर अगाडि केसीका समर्थकहरु हातमा प्लेकार्ड लिएर बसिरहेका थिए । सुरक्षाकर्मीले माइकिङ गरेर धर्ना छाड्न आग्रह गर्दा पनि धर्ना कार्यक्रम स्थगित नभएपछि प्रहरीले बल प्रयोग गरेर डाक्टर केसीसहित उहाँको समर्थकलाई प्रहरीले हटाएको हो  ।

चिकित्सा विद्ययक तोडमोडक गरिएको भन्दै जुम्ला अनसन बस्न पुगेका डाक्टर केसीलाई अहिले स्थानीयको सहयोगमा बाटोमै प्लाष्टिकको कुर्सीमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया