श्रीलङ्का आक्रमणमा ज्यान गुमाएकाहरुको सामूहिक अन्त्येष्टि: शाेकमा डुब्याे श्रीलङ्का

 बैशाख १०, २०७६ मंगलबार १८:५१:६ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा भएकाे बम आक्रमणमा ज्यान गुमाएकाहरुको म‌ंगलबार सामूहिक अन्त्येष्टि गरिएकाे छ । पुरै देशमा तीन मिनेटको मौनधारण गर्दै आगामी दिनहरुमा यस्तो अप्रिय घटना नघटोस् भनेर देशमा संकटकालकाे घाेषणा गरिएकाे छ । 

हमलामा ज्यान गुमाउनेको सङ्ख्या ३ सय १० पुगिसकेकाे छ भने घाइते हुनेको सङ्ख्या ५ सय नाघेको छ ।

इस्लामिक स्टेटले तीन दिनपछि मंगलबार आफ्नो सञ्चार माध्यम ‘अमाक’मार्फत याे हमलाको जिम्मेवारी लिएको छ । यो भन्दा पहिले इस्लामिक स्टेटले कुनै घटनाको जिम्मेवारी लिनुपर्दा तुरुन्तै लिन्थ्यो ।

तर यतिबेला भने यसले घटना घटेको तीनदिनपछि मात्र हमलाको जिम्मेवारी लिएको छ ।  

 ईस्लामिक स्टेटले जिम्मेवारी लिए पनि कुनै ठोस प्रमाण भने दिएकाे छैन । प्रहरी अधिकारीहरुले यस बम हमलामा कुनै अन्तर्राष्ट्रिय सञ्जालको हात रहेको आशंका गरेकोे थियाे ।

अहिलेसम्म यस हमलामा संलग्न भएको आशंकामा ४० जनालाई हिरासतमा लिइएको छ भने २६ जनासँग पुछताछ भइरहेको छ । हिरासतमा लिइएकामध्ये अहिलेसम्म जम्मा ९ जनालाई मात्र अदालतमा उपस्थित गराइएको छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया