बलिउड अभिनेता सनी देवल बीजेपी प्रवेश, पञ्जाबबाट चुनाव लड्ने सम्भावना

 बैशाख १०, २०७६ मंगलबार १८:११:५९ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सनी देवलले बुवा धमेन्द्रलाई नै पच्छ्याँउदै भारतीय जनता पार्टी(बीजेपी) प्रवेश गरेका छन् ।

२ दिन अगाडि बीजेपी अध्यक्ष अमित शाहसँगको भेटघाट पछि सनी देवलले पार्टी प्रवेश गर्ने चर्चा चलेको थियो । तर त्यसबेला सनी देवलले सामान्य भेटघाट मात्रै रहेका बताएका थिए । तर अहिले भने सनी देवलले पार्टी प्रवेश गरेको आधिकारिक खबर सार्वजनिक भइसकेको छ । भारतीय रक्षा मन्त्री निर्मला सीतारमणले सनी देवलले पार्टी प्रवेश गरेको जानकारी गरेकी छिन् । 

सनी देवलले चुनाव लड्ने वा नलड्ने विषयमा कुनै आधिकारिक घोषणा नभए पनि भारतीय मिडियाका अनुसार उनी पञ्जाबको गुरदासपुरबाट चुनाव लड्न सक्ने बताइएको छ । 

सनी देवलका पिता धमेन्द्र पनि बीजेपी नेता थिए । सन् २००४ मा बीजेपीको टिकटबाट धमेन्द्रले लोकसभाको चुनाव लडेका थिए । चुनाव जितेर ५ वर्ष सांसद बनेका धर्मेन्द्र अहिले भने राजनीतिबाट बाहिरिइसकेका छन । 

सनी देवलकी सौतेनी आमा हेमा मालिनी पनि बीजेपीकी सांसद हुन । उनी भारतको मथुराबाट २०१४ मा चुनाव जितेर सांसद बनेकी थिइन् । यस पटक पनि हेमा मालिनी बीजेपीबाटै मथुराको चुनावी मैदानमा उत्रिएकी छिन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया