प्रधानमन्त्रीले ‘सुन तस्करीको प्वाल बन्द गरिदिएका छौँ’ भनेको भोलिपल्टै रसुवागढी नाकाबाट ७ केजी सुन बरामद

 बैशाख १०, २०७६ मंगलबार १८:५४:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रसुवा – चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा ७ केजी सुन फेला परेको छ । सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन् ।  

रसुवागढी नाका हुँदै ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको ७ केजी सुन विशेष सुराकीको आधारमा बरामद गरिएको टिमुरे प्रहरी चौकीका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताउनुभयो ।  

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घट्टेखोलाबाट सुन बरामद गरेको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्रै सुन तस्करीको सबै बाटाहरु बन्द गरेको दाबी गर्नुभएको थियो । ‘अब सुनको तस्करी चल्दैन, जिल्ला जिल्लामा जमिनमुनि गाडेको पनि खोतलेर निकालिन्छ’ भनेको भोलिपल्टै सुन तस्करी हुँदै गरेको अवस्थामा ठूलो परिमाणमा तस्करी हुँदै गरेको सुन बरामद भएको हो । 

अहिले तस्करहरुले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउन कमी गरेको भए पनि चीनतर्फको नाका हुँदै ल्याउने क्रम भने रोकिएको छैन ।  


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया