वार्ता गर्ने सहमतिपछि पथरी बजार सामान्य बन्दै

 बैशाख १०, २०७६ मंगलबार १९:५४:५० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - दिनभर तनावग्रत बनेको मोरङको पथरी शनिस्चरे नगरपालिकामा रहेको पथरी बजार दिउँसोदेखि सामान्य बन्दै गएको छ ।

शनिबार हत्या गरिएकी रीना बस्नेतको घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन चर्काएका स्थानीय र प्रहरीबीच पटक झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेपछि समस्या जटिल बनेको थियो ।  झडपका क्रममा पाँच जना घाइते पनि भए ।

घाइते २ जनाको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको र ३ जनालाई विराटनगर ल्याइएको छ । घटनाको सत्य तथ्य छानबिनका लागि वार्ता टोली बन्ने भएपछि आन्दोलनरत स्थानीयले तत्काल आन्दोलन स्थगित गरेका छन् ।

नगर प्रमुख दीलिपकुमार राइले सम्बोधन गर्दै सबैलाई समेटेर वार्ता समिति बनाउने बताउँदै संघर्षरत पक्ष, नगरपालिका र प्रहरी प्रशासनबिच वार्ता गर्ने टोली गठन गर्ने बारे सहमति गरेको जानकारी दिनुभयाे । मेयरले गरेको सम्बोधनपछि स्थानीयले बिहान ९ बजेदेखि बन्द रहेको राजमार्ग खुलाएका छन्  ।

प्रहरी कार्यालयमा नगर प्रमुख र उपप्रमुख बसेर वातावरण शान्त बनाउने प्रयास भइरहेको बेला प्रहरीले अश्रुग्यास प्रहार गर्दा समस्या थप बल्झिएको थियो ।

अहिले पथरीको अवस्था सामान्य रहेकाे छ, सवारी चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया