देवकोटादेखि पास्तरनाकसम्मले अनुवाद गरेका शेक्सपियर !

 बैशाख १०, २०७६ मंगलबार २०:१५:२५ | एजेन्सी
unn.prixa.net

विश्वमा सबैभन्दा बढी अनूदित हुने पुस्तक बाइबल र शेक्सपियरका कृति हुन्  भनिन्छ । समालोचक ह्यारोल्ड ब्लूमले आफ्नो पुस्तकमा पश्चिमी जगतको मानवीय अवधारणा र संरचना शेक्सपियरबाटै प्रेरित भएको बताएका छन् । 

शेक्सपियरका कृतिको अनुवाद धेरै भाषाका कविहरुले गरेका छन् । नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि शेक्सपियरको चर्चित नाटक ‘म्याकबेथ’ नेपालीमा अनुवाद गरेका थिए । रुसी साहित्यकार बोरिस पास्तरनाकदेखि फ्रान्सेली साहित्यकार ईव बोनफुआसम्मले शेक्सपियरका कृति अनुवाद गरेका छन् । 

सोभियत व्यवस्थामा जब पास्तरनाक सत्ताको कोपभाजनको शिकारमा परे, उनले शेक्सपियरकै कृति अनुवाद गरेर जीवनयापन गरेको बताइन्छ । पोलिश आलोचक आयन काटले शेक्सपियरका ऐतिहासिक नाटकमा तानाशाही शासकका चरित्र पर्दाफास गर्ने खालको राजनैतिक हस्तक्षेप पाउन सकिने बताउँछन् । अत्याचार, दूराचार, अकाराण हत्या हिंसा, प्रेम ईर्ष्या, द्वेष, मानवीय सम्बन्धका अन्तरविरोध तथा विडम्बना, मानवीय नियति र दुःखान्त शेक्सपियरका कृतिका विशेषता हुन् । शेक्सपियरका रचनालाई पश्चिमको महाभारत पनि भन्ने गरिन्छ ।

शेक्सपियरका कृति अनुवादबारे भन्ने गरिन्छ । यस्ता ठूला कवि तथा नाटककारलाई अनुवाद गर्न न कुनै एउटा विधि छ, न त एक शैली वा एक दृष्टि । उनका कृति संसारभरका हरेकजसो भाषामा भएको छ । 

शेक्सपियरका कम्तीमा पनि ३७ नाटक तथा १५० भन्दा बढी कविता(सोनेट्स) प्रकाशित छन् । रोमियो जुलियट, म्याकबेथ, ह्यामलेट,ओथेलो, किङ लियर, मर्चेन्ट अफ् भेनिस, अ मिडसमर्स नाइट ड्रिम, एज यू लाइक इटलगायतका नाटक विश्वका अधिकांश भाषामा मञ्चनसमेत भएका छन् । शेक्सपियरका कृतिमा थुप्रै चलचित्र पनि बनेको छ । 

शेक्सपियरको जन्म अप्रिल २६, १५६४ मा बेलायतको स्ट्राटफोर्ड अपन एभनमा भएको थियो । उनको निधन अप्रिल २३, १६१६ मा स्ट्राटफोर्ड अपन एभनमै भएको थियो । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया