आठौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको उपाधि एपीएफलाई

 बैशाख १०, २०७६ मंगलबार २०:२०:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधि एपीएफले जितेको छ

फाइनल खेलमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो। फाइनलमा पराजित प्रदेश न १ उपविजेता भयाे भने सुदूरपश्चिम प्रदेश तेस्रो भयो ।

टस जितेर ब्याटिङ राेजेकाे एपीएफले २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन बनायो । जसमा ज्योति पाण्डेले सर्वाधिक ४५, र सिताराना मगरले ४२ रनको योगदान दिए । बलिङ्गतर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३-३ विकेट लिए।

१२९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेकाे १ नम्बर प्रदेश १९ दशमलव ४ ओभरमा जम्मा ४१ रनमा अलआउट भयाे। रश्मि शर्मा चौलागाइ अविजित हुदै २७ रन जोडिन् । बलिङतर्फ एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २-२ विकेट लिए ।

खेलमा प्लेयर अफ द म्याच रिता राना मगर, बेस्ट बलर प्रदेश १ कि संगिता राई, बेस्ट ब्याट्सम्यान प्रदेश ७ कि कविता जोशी तथा प्लेयर अफ द टुर्नामेन्ट प्रदेश १ की रुविना क्षेत्री भइन् ।

दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनोद मैनालीको प्रमुख आतिथ्यमा विजेतालाई पदक, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया