डडेल्धुरामा बस दुर्घटना : ५ जनाको ज्यान गयो, २० जना घाइते

 बैशाख ११, २०७६ बुधबार ७:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा – डडेल्धुराको साउखर्कमा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । 

कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बिहान दुर्घटना हुँदा तीन पुरुष र दुई महिला गरी ५ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

२० जना घाइते भएका छन् । अहिले उद्धारको काम चलिरहेको छ । 


 

अन्तिम अपडेट: बैशाख १७, २०७६

तपाईको प्रतिक्रिया