३६ वर्षपछि पहिलो पटक अफ्रिकी टोली विश्वकपकाे समूह चरणबाटै बाहिरिए

 असार १६, २०७५ शनिबार १४:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फेयर प्लेका आधारमा विश्वकपको समूह चरणबाट बाहिरिनु सेनेगलका लागि ऐतिहासक घटना भयो । जापानले भन्दा दुई वटा बढी पहेँलो कार्ड ब्यहोरेका कारण नै सेनेगल नकआउट चरण प्रवेश गर्नबाट चुक्यो । 

सेनेगलको समूह चरणबाटै बहिर्गमनसँगै यस पल्ट ३६ वर्षमा पहिलो पटक कुनै पनि अप्रिकी टिम विश्वकपको समूह चरण पार गर्न सकेनन् । सन् १९८२ यता पहिलो पटक विश्वकपको अफ्रिकी देश समूह चरण पार गर्नबाट चुकेका हुन् । 

यो विश्वकप इजिप्टका मोहम्मद सलाह पूर्ण रुपमा चोटमुक्त थिएनन् । त्यसैले पनि उनको प्रदर्शन उत्कृष्ट भएन । त्यस्तै सेनेगलका खेलाडी साडियो मानेको प्रदर्शन पनि उत्कृष्ट भएन । अफ्रिकाबाट पाँच देश विश्वकपमा छनौट भएका थिए तर विश्वकप २०१८ भने उनीहरुका लागि सुखद भएन । यो विश्वकपभन्दा सन् १९८२ मा नै अफ्रिकी टिमको प्रदर्शन धेरै कुरामा राम्रो थियो भन्न सकिन्छ । क्यामरुनले इटालीलाई १–१ को बराबरीमा रोकेको थियो । 

आइभोरी कोस्टका लागि तीन पटक विश्वकप खेलेका डिडियर ड्रोग्बाले अफ्रिका यो विश्वकपमा एक कदम पछाडि पुगेको बताएका छन् । ड्रोग्बाले अफ्रिकी देशले पनि उत्तम ढाँचार योजना बढाएर अघि बढेमा मात्रै युरोपेली टोलीलाई टक्कर दिन सक्ने बताएका छन् । 

रुस विश्वकपमा तीन अफ्रिकी टिम समूह चरणको अन्तिम खेलभन्दा पहिले नै बाहिरिएका थिए । इजिप्ट, मोरक्को तथा ट्यूनिसिया आफ्नो अन्तिम खेलभन्दा पहिले नै बाहिरिएका थिए । नाइजेरिया आफ्नो अन्तिम खेलमा अर्जेन्टिनासँग २–१ ले स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो । उसले अर्जेन्टिनासँग बराबरी मात्रै खेलेको भए नकआउट चरणमा प्रवेश गर्थ्यो । त्यस्तै सेनेगल जापानले भन्दा २ वटा बढी पहेँलो कार्ड खाएका कारण समूह चरणबाटै बाहिरिन पुग्यो । 

अफ्रिकी टिमको उत्कृष्ट प्रदर्शन

क्यामरुन – क्वार्टरफाइनल, सन् १९९०
सेनेगल – क्वार्टरफाइनल, सन् २००२
घाना – क्वार्टरफाइनल, सन् २०१०

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया