माेटरसाइकलमा आएका नचिनेका व्यक्तिले ७४ वर्षीया वृद्धाकाे घाँटीबाट सिक्री लुटे

 बैशाख ११, २०७६ बुधबार १७:५०:५२ | उज्यालो सहकर्मी

काठमाण्डौ- काठमाण्डौ महानगरपालिका-१३, ताहाचल बस्ने ७४ वर्षीया ज्ञानु केसीको बुधबार झण्डै ४ तोलाको सुनको सिक्री लुटपाट भएको छ । 

डल्लुमार्गमा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले सिक्री लुटपाट गरी फरार भएका हुन् । उनीहरुले चढेको मोटरसाइकलको नम्बर पनि खुलिसकेको छैन । लुटपाट भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । 

प्रहरीले फरार लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया