८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता : १४० स्वर्णसहित आर्मी प्रथम, नेपाल पुलिस दोस्रो, एपीएफ तेस्राे

 बैशाख ११, २०७६ बुधबार १९:५०:३२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व रह्यो ।  

बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय टीमले शीर्ष तीन स्थान हासिल गरे । जसमा पहिलो स्थानमा आर्मी, दोस्रो स्थानमा नेपाल पुलिस र तेस्रो स्थानमा सशस्त्र प्रहरीको एपीएफ रह्यो । आर्मीले एक सय ४० स्वर्ण, ८२ रजत र ६७ काश्यसहित दुई सय ८९ पदक हात पार्यो ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काश्यसहित कुल १ सय ५७ पदक आफ्नो नाममा लेखायो । 

त्यस्तै तेस्रो स्थानमा रहेको एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० काश्य पदकसहित २०३ पदक जित्यो ।

यस्तै पदक तालिकाको चौथो स्थानमा प्रदेश तीन रह्यो । उसले २२ स्वर्ण, ४० रजत र ६० काश्य पदक हात पार्यो ।

पाँचौ थानमा रहेको गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४४ काश्य सहित ७७ पदक जित्यो । प्रदेश पाँच ११ स्वर्ण, २६ रजत र ४८ काश्य सहित छैटाैं स्थानमा रह्याे ।

सुदूरपश्चिम प्रदशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य गरी ५४ पदक जित्न सफल भयो ।

यस्तै प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काश्य जित्यो । प्रदेश दुई र एनआरएनले समान ६–६ स्वर्ण हात पार्यो ।

विजेता टिम तथा खेलाडीलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनलगायतले बुधबार साँझ नेपालगञ्ज रंगशालामा ट्रफी प्रदान गर्नुभयो । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता  दुई वर्षभित्र गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ । प्रतियोगिताको समापन गर्दै कार्यवाहक राष्ट्रपति पुनले  खेलकुदको विकासका लागि पूर्वाधार विकास र विस्तारमा जोड दिनुभयो ।  

नेपाली खेलाडीले सीमित श्रोत र साधनका बाबजुद पाएको सफलताको प्रशंसा गर्दै खेलकुद र खेलाडीको प्रोत्साहनका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो ।

कसले कति पदक जिते ?


वैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु चैत २७ देखि सुरु भएका हुन् ।  प्रतियोगितामा ३५ खेलमा पाँच हजार बढी खेलाडी प्रतिस्पर्धी थिए । 

अन्तिम अपडेट: बैशाख १, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया