आर्सनल उल्भरह्याम्टनसँग पराजित

 बैशाख १२, २०७६ बिहिबार ७:२८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

उल्भरह्याम्टनसँग पराजित भएपछि आर्सनलको प्रिमियर लिगमा शीर्ष चारमा रहने संभावना लगभग समाप्त भएको छ । अर्को सिजनको च्याम्पियन्स लिग खेल्नका लागि शीर्ष चारमा रहन संघर्षरत आर्सनल बुधबार राति भएको खेलमा उल्भरह्याम्टनसँग तीन एकले पराजित भयो ।

घरेलु मैदानमा उल्भ्सले पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो । २८ औं मिनेटमा नेभेसले गोल गर्दै टिमलाई एक शून्यको अग्रता दिलाए । त्यसपछि ३७ औं मिनेटमा डोहेर्तेले उल्भ्सको अन्तर दुई शून्यमा लम्ब्याए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जोटाले गोल गर्दै टिमलाई तीन शून्यले अगाडि राखे ।

पहिलो हाफमा नै तीन गोल खाएको आर्सनलले दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको थियो । तर पर्याप्त गोल फर्काउन भने सफल भए । ८० औं मिनेटमा डिफेन्डर सोक्रातिसले ग्रानीत झाकाको कर्नरमा गोल गर्दै खेल तीन एकको अवस्थामा पुर्‍याएका थिए ।

तर त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र पराजित भयो । जितपछि उल्भ्स लिगको सातौं स्थानमा उक्लिएको छ भने ६६ अंक बोकेको आर्सनल पाँचौ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया