नेपालीले देशलाई हृदयको गहिराइदेखि नै माया गर्छन् : प्रधानमन्त्री ओली

 बैशाख १२, २०७६ बिहिबार १३:४१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देशलाई हृदयको गहिराइदेखि नै माया गर्ने बताउनु भएको छ । 

वसन्तपुरमा आयोजित गोरखा भूकम्पको चौथो स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलले नेपालीहरुले हृदयको गहिराइदेखि देशलाई माया गर्छन् भन्ने कुरा पुनर्निमाणको कामबाट प्रमाणित भएको बताउनुभयो । 

पहिले–पहिले नेपालीको विरताको गुणगान मात्रै हुने गरे पनि अब नेपालीको विद्वताको पनि गुणगान हुनुपर्ने उहाँले बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माण कार्यले नेपालीको बौद्धिकताको परिचय अझ फराकिलो भएको बताउँदै प्रधानमन्त्री ओलीले सम्पदा पुनर्निर्माणमा मौलिकतालाई प्राथमिकता दिइएको बताउनुभयो ।

सम्पदा पुनर्निर्माणमा एउटा सानो टुक्रा पनि खेर नफाली काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा खटिने सबैलाई धन्यवाद दिनुभयो । 

त्यस्तै नेपाल सांस्कृतिक सम्पदाका हिसाबले विश्वकै धनी भएको बताउँदै विश्वकै कुनै कुनामा पनि नेपालमा जस्तो सांस्कृतिक सम्पदा नभएको उहाँले बताउनुभयो । सम्पदाबाहेक अरु क्षेत्रमा पुनर्निमार्ण कार्य तीव्र गतिले भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । 
 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया