विपद्का बेला आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरे: सञ्चारमन्त्री बाँस्काेटा

 बैशाख १२, २०७६ बिहिबार १५:८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विपद्का बेला आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । 

काठमाण्डौमा  बिहीबार आयोजित जलवायु परिवर्तन र विपद् व्यवस्थापन तयारीसम्बन्धी  एशिया–प्रशान्त प्रसारण सङ्घ (एबीयू)को पाँचौँ सम्मेलनमा उहाँले २०७२ सालको भूकम्पमा विद्युतीय सञ्चार माध्यमको ठूलो योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो । 

प्राकृतिक  प्रकोपले सताइरहेका बेला रेडियो र टेलिभिजनले सबैलाई सूचना दिएका उहाँले बताउनुभयो । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले मानवीय स्वभावकै कारण पनि विपद् भोग्नुपर्ने भएकाले विपद् आउन नदिन र त्यसको पूर्व तयारीका लागि आवश्यक सतर्कता बारे पनि सबैले बुझ्नेगरी सञ्चारमाध्यमले सूचना दिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया