सरकारले कतारका लागि नेपाली राजदूत कोइरालालाई फिर्ता बोलायो

 बैशाख १२, २०७६ बिहिबार १७:९:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाएको छ । २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेतृत्वको सरकारले नियुक्त गरेका राजदूत कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।  

मन्त्रीपरिषदको बैठकले राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभएको हो ।

राजदूत कोइरालालाई फिर्ता बोलाउनुको कारण बारे भने उहाँले पत्रकार सम्मेलनमा केही बताउनुभएन । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया