बद्री र पूर्णकलाको नयाँ गीत ‘गौतम बुद्ध रङ्गशाला बन्छ नेपालीको’

 बैशाख १२, २०७६ बिहिबार १९:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चर्चित गायक बद्री पंगेनी र पूर्णकला बिसीले क्रिकेट गीत सार्वजनिक गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेटसम्बन्धी गीत सार्वजनिक गरेका हुन् ।

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्री पंगेनीले नै दिएका छन् । गीतमा पूर्णकला बिसीले उनलाई साथ दिएकी छिन् ।

हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरिएको छ । 

खेलाडीहरुले संसारभर नेपाल चिनाइरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्री पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तली फाउन्डेशनको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया