साउनपछि खटाएको ठाउँमा कर्मचारी नगए नयाँ भर्ना खुल्छ : मन्त्री पण्डित

 असार १६, २०७५ शनिबार १७:२९:१५ | गोविन्द शर्मा

बाँके – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साउनपछि खटाएको ठाउँमा कर्मचारी नगए नयाँ भर्नाको तयारी गर्ने बताउनुभएको छ ।

उहाँले धेरै युवा लोकसेवामा आउन तयार भएर बसेको बताउँदै साउनपछि तोकिएको ठाउँमा कर्मचारी काम गर्न तयार नभए आफूले नयाँ कदम चाल्ने बताउनुभएको हो ।

बढीमा असारभित्र प्रशासनीक संक्रमणकाल सकिने छ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले शनिबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पण्डितले साउनपछि दरबन्दी भएको स्थानबाट मात्रै कर्मचारीले तलब पाउने बताउनुभयो ।

अहिले केही कर्मचारीहरु खटाएको ठाउँ नजाने र काठमाडौंमा हाजिर गरेर दिन बिताइरहेको भन्दै मन्त्री पण्डितले साउन १ गतेदेखि खटाएको ठाउँमा कर्मचारी जानै पर्ने र नजानेको कुनै पनि बहाना सुन्न तयार नहुने प्रष्ट पार्नुभयो । 

कर्मचारीले धेरै अटेर गरे नयाँ युवालाई भर्ना गर्न सरकार तयार रहेको भन्दै मन्त्री पण्डितले काम नगर्ने र सेवा सुविधा मात्रै लिन चाहने कर्मचारी बिदा हुन तयार हुनुपर्ने बताउनुभयो ।

गलत नियतका साथ आउने कर्मचारी र उनलाई संरक्षण दिने राजनीतिक नेतृत्व कसैका कुरा नसुनिने उहाँको भनाई छ । मन्त्री पण्डितले घटीमा करिब १० हजार कर्मचारीलाई स्थानीय तहमा खटाइने बताउनुभयो । 

उहाँले सुत्केरी, गर्भवती, मुटुको भर्खरै अप्रेषण गरेका, किमो लिइरहेका  कर्मचारीलाई भनेको स्थानमा सरुवा गर्न तयार रहेको बताउनुभयो । 
केही कर्मचारीलाई काठमाडौंबाट बाहिर पठाउँदा मार्न पठाएको जस्तो ठान्ने प्रवृत्ति रहेको भन्दै उहाँले गलत प्रवृत्ति सुधार्न आवश्यक रहेको बताउनुभयो ।

केन्द्रबाट पठाइएका कर्मचारी फिर्ता गराउने स्थानीय तहको खाता समेत रोक्का गर्नुपरेको उहाँको भनाई छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

3 Comments

  • Chandradip yadav

    July 1, 2018, 10:50 a.m.

    I am chandradip yadav from siraha. I am watting for +2 result.

  •  0 Reply
  • Anil

    July 1, 2018, 7:04 a.m.

    Good job sir

  •  0 Reply
  • Bishnu Rijal

    July 1, 2018, 6:17 a.m.

    I like this step of our respected minister, staff who are always wants to enjoy in ktm,they need to feel what happens in rural areas.i am also worked in both rural and urban hospital. I liked this decision. Nepal need more leaders like l. B. Pandit.

  •  0 Reply

तपाईको प्रतिक्रिया