श्रीलंका आक्रमणका मुख्य आक्रमणकारी मारिए : राष्ट्रपति सिरिसेना

 बैशाख १३, २०७६ शुक्रबार १७:३:५० | एजेन्सी
unn.prixa.net

जहरान हाशिम

श्रीलंकामा इस्टर आइतबारको मौका पारेर भएको आत्मघाती आक्रमणका मुख्य आक्रमणकारी मारिएको श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले जानकारी दिएका छन् । 

राष्ट्रपति सिरिसेनाले शुक्रबार घटनाका बारेमा जानकारी गराउँदै मुख्य आक्रमणकारी जहरान हाशिम विस्फोटका बेला शांग्रिला होटलमा मारिएको बताएका हुन् । हाशिम एक कट्टर उपदेशक थिए । 

राष्ट्रपति सिरिसेनाका अनुसार हाशिमले अर्का आक्रमणकारीसँग मिलेर विस्फोट गराएका थिए । अर्का आक्रमणकारी इल्हाम भएको उनले जानकारी दिएका छन् ।

राष्ट्रपति सिरिसेनाले श्रीलंकाली गुप्तचर संस्थाहरुका अनुसार इस्लामिक स्टेटसँग सम्बन्ध कायम भएका झण्डै १३० जना श्रीलंकामा रहेको जानकारी प्राप्त भएको बताएका छन् । त्यसमध्ये ७० जनाको व्यापक खोजी भैरहेको बताए पनि बाँकी हिरासतमा छन् वा देश छाडेर भागे भन्ने कुराको यकिन भएको छैन ।

सिरिसेनाले विस्फोट श्रीलंकाली प्रहरीका प्रमुख पुजित जयसुन्दरले राजीनामा दिएका छन् । त्यस्तै रक्षा सचिव हेमासिरी फर्नान्डोले पनि पदबाट राजीनामा दिएका छन् ।

को थिए जहरान हाशिम ?

केही समय पहिलेसम्म जहरान हाशिमलाई कमैले मात्र चिन्दथे । तर एउटा समूहसँग मिलेर बुद्धका मूर्ति ताड्दै हिँडेपछि उनी चर्चामा आएका थिए । त्यसपछि उनले युट्यूबमा केही भड्काउ भाषण पनि हालेका थिए । 

इस्टर सन्डेमा भएको आक्रमणपछि इस्लामिक स्टेटले सार्वजनिक गरेको भिडियोमा सात जना अन्य व्यक्ति पनि देखिएका छन् । यो भिडियोमा सबैले आईएसप्रति समर्पित रहेको प्रतिबद्धता व्यक्त गरेको देखिन्छ । भिडियोमा देखिएकामध्ये हाशिमले मात्रै अनुहार छोपेका थिएनन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा गएको आइतबार भएको अलग–अलग आक्रमणमा चर्च र होटललाई निशाना बनाइएको थियो । आक्रमणमा कम्तीमा पनि २५० जनाको ज्यान गएको थियो । 

श्रीलंकाली प्रशासनले आक्रमणमा स्थानीय इस्लामिक समूह नेशलन तौहीद जमादको हात रहेको बताएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २१, २०७६

तपाईको प्रतिक्रिया