मासुका लागि अवैध रुपमा ल्याइएका एक ट्रक भैँसीसहित एकजना पक्राउ

 असार १६, २०७५ शनिबार १९:२५:२० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – गोरुसिंगे–सन्धिखर्कमा बुटबलतर्फ लैजाँदै गरेको एक ट्रक भैँसीसहित एक जना पक्राउ परेका छन्  ।

सन्धिखर्क नगरपालिका वडा नम्बर–२, प्रगति बजारका २१ वर्षका दिपक भूसाललाई प्रहरीले एक ट्रक भैँसीसहित पक्राउ गरेको हो । ट्रकमा मरेका भैँसी काठको फ्ल्याकले ढाकेर लुकाइ छिपाइ लैजाँदै गर्दा शनिबार दिउँसो नरपानीबाट प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको र एकजनालाई पक्राउ गरेको जनाएको छ ।

लु २ ख २०५ नम्बरको ट्रकमा मरेका दुई भैँसीसहित १५ भैँसी बुटबलतर्फ लैजाँदै गर्दा प्रहरीले भैँसी व्यापारीलाई पक्राउ गरेको हो । मासुका लागि बेच्न लगिएको एक ट्रक भँैसीमा १३ जिउँदो र २ वटा मरेका भैँसी भेटिएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भूसालको नेतृतवमा गएको प्रहरी प्रशासनको टोलीले भँैसी निकासी भैरहेको सूचानाको आधारमा त्यस ठाउँमा अनुगमन गर्दा ट्रकमा लुकाइ छिपाइ मरेका भैँसी लैजाँदै गरेको फेला परेको थियो । 

भैँसी व्यापारीले भैँसी पैठारीको लागि अपनाउनु पर्ने करेन्टाइन पास प्रमाणपत्र नबनाएकोले पशु बधशाला तथा मासु जाँच ऐन २०५५ को दफा ११ को २ अनुसार उनीहरुलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले बताउनुभयो ।  
 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया