भालुढुङ्गामा साहित्यिक जमघट

 असार १६, २०७५ शनिबार २०:०:१३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाम नगरपालिकाको पर्यटकीय  स्थल भालुढुङ्गामा शनिबार साहित्यिक जमघट भएको छ ।

तीन दिने १ नम्बर प्रदेशस्तरिय युवा महोत्सवको अन्तिम दिन शनिबार भालुढुङ्गामा साहित्यिक जमघट भएको हो । इलामको पर्यटन विकासमा सघाउ पु¥याउने उद्देश्यले भालुढुङ्गामा गजल मेला आयोजना गरिएको थियो । चर्चित गजलकार शीतल कादम्बीसहित मेलामा प्रदेश नम्बर १ अन्तर्गत १४ जिल्लाका साहित्यकर्मीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

मेलामा साहित्यकारहरु विमल वैद्य, राज तिलाञ्जली, बबुल केरुङ, कृष्ण घिमिरे, महेन्द्र बिरही, दुर्गा गौतम, कृष्ण घिमिरेसहित एक दर्जन बढी श्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

साहित्यिक जमघटसँगै तीनदिने युवा महोत्सव शनिबारबाट औपचारिक रुपमा सम्पन्न भएको छ । गजल मेलासँगै राजनीतिक दल र प्रजिअ ११ बीच मैत्रीपूर्ण फुटबलका साथै सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया